दफा १०
अनुसन्धान अधिकृत तोक्न सक्ने
(१) यस ऐन बमोजिम राजस्व चुहावट ………… सम्बन्धी कसुरको अनुसन्धान तथा तहकिकात महानिर्देशकले आवश्यकतानुसार आफै गर्न वा विभागको कुनै कर्मचारीलाई अनुसन्धान अधिकृत भई काम गर्न तोक्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यकतानुसार अन्य सरकारी निकाय वा सरकारी कर्मचारीलाई यस ऐन बमोजिम राजस्व चुहावट ………….. सम्बन्धी कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्ने काम तोक्न सक्नेछ ।
(३) यस ऐन बमोजिम कारबाही शुरु गरिएको कुनै कसुरको अनुसन्धान तथा तहकिकात गर्दै जाँदा प्रचलित अन्य कानून बमोजिमको कसुर गरेको देखिएमा विभागले सोही कानून बमोजिम कारबाही अगाडि बढाउन सम्बन्धित निकाय वा अख्तियार प्राप्त अधिकारी समक्ष लेखी पठाउन सक्नेछ ।